Rule 12
श्रम इजाजत वा श्रम स्वीकृतिको अवधि थपको लागि निवेदन दिनु पर्ने
(१) रोजगारदाताले नियम ८ वा नियम ९ बमोजिम श्रम इजाजत वा श्रम स्वीकृति प्राप्त गरी आफ्नो प्रतिष्ठानमा कार्यरत विदेशी श्रमिकको श्रम इजाजत वा श्रम स्वीकृतिको अवधि थप गर्न चाहेमा त्यस्तो अवधि समाप्त हुनुभन्दा तीस दिन अगावै देहायका विवरण कागजात सहित विभागसमक्ष निवेदन दिनु पर्नेछः-
(क) विदेशी श्रमिकको कार्य सम्पादन स्तर,
(ख) नेपाल सरकार, गृह मन्त्रालयको कार्य सहमति आवश्यक पर्ने भए त्यस्तो कार्य सहमतिपत्रको प्रतिलिपि,
(ग) विदेशी श्रमिकलाई क्रमशः प्रतिस्थापन गर्दै नेपाली नागरिकलाई दक्ष बनाउन पेश भएको योजनाको प्रगति विवरण,
(घ) नियम १० को उपनियम (१) बमोजिमको दस्तुर बुझाएको रसिद वा निस्सा,
(घ१) नियम ११ को उपनियम (४) बमोजिमको अवधि थपका लागि सम्बन्धित मन्त्रालयको सिफारिस पत्र,
(ङ)  विभागले आवश्यक ठानेका अन्य कागजात विवरणहरु ।
(२) उपनियम (१) बमोजिम प्राप्त निवेदन जाँचबुझ गर्दा व्यहोरा मनासिब देखेमा विभागले नियम ११ को उपनियम (३) वा (४) को अधीनमा रही त्यस्तो विदेशी श्रमिकको श्रम इजाजत वा श्रम स्वीकृतिको अवधि थप गरिदिन सक्नेछ।